SAME Tractors In Nepal

सामेः आधुनिक किसानको गुणस्तरीय ट्रयाक्टर
विश्वकै पहिलो डिजल ईञिन ट्रयाक्टर निर्माता सामे कम्पनीको शुरुवात आजभन्दा ७० बर्ष पहिले ईटालियन कम्पनीको रुपमा सन १९२७ मा भएको हो। यो कम्पनीको हेडक्वाटर उत्तरी ईटालीको ट्रेभिग्लिओ भन्ने ठाउँमा मा छ। नेपालको जटिल भौगोलिक विशेषताको लागि अत्यन्तै गुणस्तरीय यो ट्र्याक्टर बिभिन्न मोडलहरुका साथै बिभिन्न हर्षपावरमा उपलब्ध छ। अत्यन्तै शक्तिशाली ईञिन, कम तात्ने, कम थर्कने र ईन्धन पनि कम लाग्ने जस्ता अत्याधुनिक विशेषताहरुले गर्दा यी ट्रयाक्टरहरु विश्वमै अत्यन्तै लोकप्रिय र कैयौपटक गुणस्तरिय अवार्ड विजेता भएका छन।
कृषि उत्पादनका बिभिन्न कार्यहरु लगायत ढुवानीमा पनि उत्कृष्ट कार्यक्षमता भएका यि ट्रयाक्टरहरु नेपालका नौ अन्चलमा गोल्छा ग्रुप अन्तर्गतको अरिहन्त कमर्सियल प्रालिले आफ्ना बिक्रिकेन्द्रहरुमार्फत प्रत्येक ठाउँहरुमा उपलब्ध गराईरहेको छ। किसानको उन्नति र प्रगति नै हाम्रो मुल उद्देश्य भन्ने भावनावाट प्रेरित भएर घुम्ति सर्विसिङसेवा लगायतका सुविधाहरु सहित अरिहन्त कमर्सियल प्रालि सेवामा जुटिरहेको छ। जसले गर्दा पहिले देखिएका समस्याहरु जस्तै पाटपुर्जाको उपलब्धता, र सर्भिसिङको समस्याहरु नआउने निश्चित भएको छ।